अब ग्यासका पाइप होईन,बिजुलीका तारै भान्छामा पुर्‍याइन्छ : केपी ओली

अब ग्यासका पाइप होईन,बिजुलीका तारै भान्छामा पुर्‍याइन्छ : केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ ।
बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन, आवश्यकता छैन ।’
उनले अगाडि भने, ‘चुलोमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्‍याइन्छ ।’

तर साना साना पाइप चुलोमा नभइ आफूहरूले पेट्रोलियम पाइपलाइन नै बनाएको ओलीले बताए । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारेको उनको भनाइ छ ।

 

Logo