नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । यादव पूर्वउपसभामुखसमेत हुन् ।
यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि त्यो पद रिक्त थियो ।
यसैगरी यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गएको हप्ता त्यो पद पनि रिक्त भएको थियो ।





























प्रतिक्रिया