पूर्वअर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति

पूर्वअर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति

केन्द्रबिन्दु
0
Shares

पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ ।

आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ ।

समितिले छानबिन थालेको दशौँ दिन अर्थात् कार्यादेशको अन्तिम दिन निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्न लागेको हो । दश दिनमा निष्कर्षमा पुग्न नसकिने भएपछि समितिको समय ७ दिन थप्ने तयारी गरिएको छ ।

त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।असार २२ मा गठन भएको समितिले एकसातापछि काम थालेको थियो ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्डडिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

चौतर्फी विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

Skip This
Skip This
Logo