संसदीय समितिमा जनार्दन शर्माको बयान : करको दर हेरफेर गरेर देशका लागि घात हुने काम गरेको छैन

संसदीय समितिमा जनार्दन शर्माको बयान : करको दर हेरफेर गरेर देशका लागि घात हुने काम गरेको छैन

केन्द्रबिन्दु
0
Shares

पुर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेका छन् । पुर्वअर्थमन्त्री शर्माले संसदीय समितिमा बयान दिने क्रममा यस्तो बताएका हुन् । 

उनले भने‘नियम कानुन र तोकिएको मापदण्ड अनुसर नै करका दर हेरफेर भएको हो । 

कुनै व्यक्तिको विवेक अनुसर करको दर तलमाथि भएको हैन । करको दर हेरफेरले बाहिर आए जस्तो नेपाली उद्योग नै बन्द हुने अवस्था छैन । नयाँ बजेट उत्पादन, रोजगारी र आत्मनिर्भर तिर जाने किसिमको छ ।’

शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई  समितिमा बाेलाएकाे थियाे । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको  थियाे ।

Logo