समाजवादी केन्द्र निर्माणबारे दाहाल र भट्टराईवीच भेटवार्ता

समाजवादी केन्द्र निर्माणबारे दाहाल र भट्टराईवीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराईसँग समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका छन। 

बिहीबार बिहान दुई नेताबीचको ललितपुरमा भएको भेटमा प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन्। जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि भट्टराई र प्रचण्डको भेट बाक्लिएको छ। यसअघि गत सोमबार भएको भेटमा भट्टराईले माओवादीमा आफू नफर्किने स्पष्ट रूपमा बताएका थिए। 
भट्टराईले आफ्नो अडान कायमै राखेपछि प्रचण्डले समाजवादी केन्द्रमार्फत अघि बढ्ने प्रस्ताव राखेका हुन।

नेता भट्टराईको सचिवालयले पनि समाजवादी केन्द्रको प्रस्तावमा छलफल भइरहेको बताएको छ। प्रचण्डले समाजवादी केन्द्रको अघि नेकपा राख्नुपर्ने अडान राखिरहेका छन् यता भट्टराई भने नेकपा राख्न तयार नभएको प्रचण्डको सचिवालयले जनाएको छ। चुनावअघिनै समाजवादी केन्द्र निर्माण गरेर अघि बढ्ने रणनीतिमा प्रचण्ड लागेका छन। गत सोमबार नेकपाकालीन सचिवालयका पाँच सदस्यको बैठकले पनि वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। यसका निम्ति संयोजन समितिनै गठन गरेर गृहकार्य सुरू भइसकेको छ।

त्यस समितिले एकताका सिद्धान्त आधार र एजेण्डा तयार गर्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बताएका छन।

Logo