निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री देउवा

निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउन सकिने धारणा ब्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित र व्यावसायिक विकासका लागि सरकार पछि नहट्ने बताए । प्रधानमन्त्री देउवाले नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।

लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनको यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो।

प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन ।
 

Logo