आरजुलाई प्रधानमन्त्री र राष्ट्रपति देउवालाई बनाउने भन्नेकुरा कुरा हल्ला मात्रै : प्रचण्ड

आरजुलाई प्रधानमन्त्री र राष्ट्रपति देउवालाई बनाउने भन्नेकुरा कुरा हल्ला मात्रै : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवदी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयालाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन् ।

आज जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन् ।

उनले सो कुरामा कुनै सत्यता नरहेको दाबी गरे  । दाहालले भने , ‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन । आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला ।’

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे । 

Logo