प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ ।
सभामुख प्रदिप कुमार भण्डारीले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । प्रदेशसभाको आजको बैठकमा सञ्चार विधेयक, प्रज्ञाप्रतिष्ठान विधेयक र केही वार्षिक प्रतिवेदन माथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा उपसचिव चन्द्रमणि पोखरेलले जानकारी दिए
आजको बैठकमा पनि प्रदेशको नामकरणको विषयले प्रवेश नपाउने भएको छ । नामकरण नटुङ्गिँदा प्रदेश १ मा यो विषय थप पेचिलो बन्दै गएको छ । नामाकरणबारे सभामुख भण्डारीले अस्ति शुक्रबार बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।
बैठकमा दलहरु केही सकारात्मक बन्दै नामकरणको बारेमा सहमतिका लागि थप छलफललाई निरन्तरता दिने सहमति गरेको थियो । प्रदेश १ को नाम पहिचानको आधारमा गर्न पहिचान बादी संगठनहरुले राजधानी काठमाडौं सहित विराटनगरमा प्रदर्शन गरिरहेका छन् ।





























प्रतिक्रिया