नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा.तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेकोप्रति आपत्ति जनाएकी हुन् ।
उनले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गरिन् । उनले आरोपित व्यक्ति शक्ति केन्द्रका मानिसहरुसँग जोडिनुले पीडितलाई मनोवैज्ञानिक असर पर्ने बताइन् ।































प्रतिक्रिया