लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ ।
तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ । एक नेताका अनुसार सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ । त्यसअघि आइतबार संसदीय दलको बैठक बस्नेछ । अगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया