आगामी निर्वाचनमा एमालेले दुईतिहाई ल्याएन भने राजनीतिबाट संन्यास लिन्छु : खगराज अधिकारी

आगामी निर्वाचनमा एमालेले दुईतिहाई ल्याएन भने राजनीतिबाट संन्यास लिन्छु : खगराज अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाई बहुमत नल्याए राजनीतिबाटै संन्यास लिने बताएका छन् । उनले निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी समेत गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुईतिहाई भन्दा बढी सिट ल्याउँछ। हामीले दुईतिहाई भन्दा बढी सिट जित्न सकेनौँ भने म राजनीति नै छाडिदिन्छु।’

नेता अधिकारीले सत्ता गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिँदै  देश जटिल अवस्थामा पुर्‍याएको दाबी आरोप लगाए । 

Skip This
Skip This
Logo