प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस÷हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्ने बताएका हुन् ।
कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउनु पर्नेमा जोड दिए ।





























प्रतिक्रिया