सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो ।
कार्यदलका सदस्य देव गुरुङले भने–‘सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ । कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए ।
गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ । उनले विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए ।





























प्रतिक्रिया