आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता

केन्द्रबिन्दु
0
Shares

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ३३ राजनीतिक दल दर्ता भएका छन् । आयोगका अनुसार यो संख्या शुक्रबार ५ बजेसम्मको हो ।

आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन उकै चरणमा गर्ने निर्णय गरेको छ ।

मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।

Logo