स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए   त्यो बीमा नै नरहने धारणा राखे । स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु भएको भन्दै उनले यो पनि सामाजिक स्वास्थ्य सुरक्षाको एउटा विषय भएको बताए ।

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । महामन्त्री थापाले सरकारले स्वास्थ्य प्रणालीको सुधारलाई अस्पताल निर्माणसँग मात्र जोडेको टिप्पणी गरे ।

Skip This
Skip This
Logo