पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् : अर्जुननरसिंह केसी

पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् : अर्जुननरसिंह केसी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गठबन्धनका नाममा पार्टीभित्र अन्याय हुने गरी टिकट वितरण नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले गठबन्धनको नाममा टिकट वितरण गर्दा मापदण्ड मिच्न नहुने बताएका हुन । अहिले पार्टी भित्रपनि विविधता रहेको भन्दै संस्थापन पक्षले सबै पक्ष समेटिने गरी न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने केसीको भनाइ छ।

 

Skip This
Skip This
Logo