संघ र प्रदेशको निर्वाचनमा १ करोड ८२ लाख मतदाता, १० अर्ब खर्च : आयोग

संघ र प्रदेशको निर्वाचनमा १ करोड ८२ लाख मतदाता, १० अर्ब खर्च : आयोग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ ।

आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आयोगले मतदाता शिक्षाका कार्यक्रम, मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो । सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ ।

यस्तै पछिल्लो विवरण अनुसार‚ करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ । आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

Skip This
Skip This
Logo