कोरम नपुगेर प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक ३१ गते बस्ने

कोरम नपुगेर प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक ३१ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको आजको बैठक कोरम नपुगेर स्थगित भएको छ। सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम पुगेको थिएन। कोरम पुग्न ६९ जना सांसद चाहिन्छ।

तर बैठकमा ६७ जना मात्रै सांसद भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर पुनस् बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि साउन ३१ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले बताएका छन। नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आज दुई विधेयक पारित भएको बताए।

Logo