प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ । लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ ।
लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए । यहाँ आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेको भन्दै उनले आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने बताउँछन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले आइतबारदेखि जनकपुरधाममा धर्ना दिन सुरु गरेका छन ।





























प्रतिक्रिया