प्रधानमन्त्रीलाई सत्ता गठबन्धनको आग्रह : फोहोर थुप्रिएको हेरेर बस्नु भएन, बालेनसँग कुरा गर्नुस्

प्रधानमन्त्रीलाई सत्ता गठबन्धनको आग्रह : फोहोर थुप्रिएको हेरेर बस्नु भएन, बालेनसँग कुरा गर्नुस्

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनबारे चासो देखाएको छ । फोहोरकै कारण कुनै पनि बेला महामारी फैलिनसक्ने भन्दै गठबन्धनमा आवद्ध दलहरुले टुलुटुलु हेरेर नबस्न सरकारलाई आग्रह गरेको हो ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

बैठकले महंगी नियन्त्रणका लागि बजार अनुगमन लगायतका संयन्त्र प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गरेको छ । साथै सिट बाँडफाँटका लागि बनेको कार्यदललाई छिटो काम सक्न समेत भनिएको एक नेताले बताए । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तारुढ दलहरुले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाएका छन् । साउन अन्तिम साताभित्र प्रतिवेदन बुझाउन भनिएपनि कुनै ठोस सहमति भएको छैन ।

Logo