देउवालाई भेट्न बालुवाटारमा कोइराला

देउवालाई भेट्न बालुवाटारमा कोइराला

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ ।

शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले उनलाई बोलाएका थिए । देउवाले बोलाएपछि कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् । देउवा र शेखरबीच भएको छलफलको विषय भने खुलेको छैन ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरुको बैठक आज बोलाइएको थियो । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको कार्यशैलीप्रति कोइराला पक्ष असन्तुष्ट छ ।

Logo