गठबन्धनमा सिट बाँडफाँडको जिम्मा पाएको कार्यदलको बैठक आज

गठबन्धनमा सिट बाँडफाँडको जिम्मा पाएको कार्यदलको बैठक आज

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा आबद्ध दलद्वारा गठित आगामी निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । 

गत बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुंगिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँडलाई अन्तिम टुंगो लगाइने भएको छ । 

हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ । गत बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

यस्तो सहमतीमा सत्ता गठबन्धनको एक घटक दलमै असन्तुष्टि चुलिएको छ। सत्ताको प्रमुख दल कांग्रेसले कम्तिमा १ सय सिट पाउनु पर्ने दाबी गर्दै आएको छ । माओवादीले पनि आफू जसरी पनि दोस्रो हुनुपर्ने नत्र गठबन्धन टुट्ने चेतावनी दिँदै आएको छ । यस्तै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि रहेको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँडमा स्थानीय चुनावको मतको आधारलाई मान्न नसकिने बताएका छन् । 

अघिल्लो बैठकमा गठबन्धन दलहरूका आ–आफ्ना अडानसहित आजको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Skip This
Skip This
Logo