नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गरेका छन ।
स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अव हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पोखरेलले भदौको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताए । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय कमिटीको बैठक भदौ दोस्रो हप्ताका लागि तय गरिएको उनको भनाइ छ ।


















