निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगमा प्रक्रियाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ।
जबराविरुद्धको महाभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा एमालेले आपत्ति जनाएको हो।
सिंहदरबारमा बसेको बैठकमा बोल्दै एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘महाभियोग प्रक्रियामा कानुनविपरीत भइरहेको छ। हामीलाई चोलेन्द्रलाई महाभियोग ठहर गर्नैपर्छ भन्ने छैन। दोषी भए भए कारबाही हुनुपर्छ। निर्दोष मुक्त हुनुपर्छ।’
उनले अहिलेसम्म कुनै प्रधानन्यायाधीशमाथिको महाभियोग प्रमाणित नभएकाले गम्भीर भएर सोच्न सुझाएका छन्।





























प्रतिक्रिया