कार्यदलको बैठक औपचारिकतामा सीमित,आएन सिट बाँडफाटको प्रस्ताव

कार्यदलको बैठक औपचारिकतामा सीमित,आएन सिट बाँडफाटको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

सिट बाँडफाँटका सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक औपचारिकतामा सीमित भएको छ । अघिल्लो बैठकले शीर्ष नेताहरुसँग परामर्श गरेर प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।

तर यो अवधिमा सिटौलाले सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग नभेटेपछि बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरु सामान्य छलफल गरेर उठेका छन् ।

कार्यदलका एक सदस्यका अनुसार अब संयोजक सिटौलाले शीर्ष नेताहरुसँग भेट गर्ने, आवश्यक परे संयुक्त रुपमा पनि छलफल गर्ने सहमति भएको छ । 

Skip This
Skip This
Logo