एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य


एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआइआइ) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । योसँगै एनएमबि बैंक बिआइआइबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको पहिलो बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्नेछ ।

एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Logo