शिक्षण अस्पतालमा आगलागी

काठमाडौं,

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा सोमबार साँझ विद्युत् चुहावट भएर आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचौँ तलाको एक कोठामा आगलागी भएको जानकारी दिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
रासस