कमल थापाले लगाए गणतान्त्रिक सरकारमाथि यस्तो आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले समाजमा विद्यमान विकृति विसंगति अन्त्यका लागि चासो नदिएको आरोप लगाएका छन् ।

५७ औ मुक्ति दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्धारा आईतबार राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतान्त्रिक सरकार र वर्तमान व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गरेको बताए ।

मुक्ति दिवस राजसंस्थासँग सम्बन्धित विषय नभएको भन्दै उनले आफुलाई क्रान्तिकारी भन्ने सरकारले दिवसलाई उपेक्षा गरेर आफ्नो संकिर्ण मानसिकताको प्रर्दशन गरेको टिप्पणी गरे ।

उनले शोषणका विरुद्ध पटक पटक संघर्ष गरेकाहरुले नै मुक्ति आन्दोलन र त्यसैको आधारमा स्थापित मुक्ति दिवसलाई विर्सनु विडम्बनापुर्ण भएको टिप्पणी गरे ।