यी हुन् नेपालका १० चर्चित तालहरू (भिडियो रिपोर्टमा)

काठमाडौं । नेपाल प्राकृतिक दृष्टिकोणले भरिपूर्ण छ । प्रकृतिका हिसावले नेपाललाई स्वर्गको टुक्रा पनि मान्न सकिन्छ । वन जंगल, नदी नाला, ताल तलाउ जस्ता प्राकृतिक सम्पदा यहाँका अमुल्य सम्पत्ति हुन् ।

एकातिर देशको सुन्दरता बढाएको भने अर्कोतिर मानव जातिलाई अत्यावश्य पर्ने आवश्यकताको परिपूर्ति गरिदिएको छ । यस्तै प्राकृतिक दृष्टिकोण मध्यको एक हो ताल । नेपालमा ५ हजार ३ सय ५८ वटा ताल छन् ।

जसमध्ये २ हजार ३ सय २३ वटा हिमताल छन् । ताप्लेजुङ जिल्लामा मात्र ३ सय ८० वटा ताल छन् । यस्तै कपिलवस्तुमा ३ सय ५१, सोलुखुम्बुमा ३ सय ३९ र रुपन्देहीमा २ सय ८९ वटा ताल छन् ।

एउटा पनि ताल नभएको जिल्ला ओखलढुंगा हो भने एउटा मात्र ताल भएका जिल्लाहरू काठमाडौं, काभ्रे, कालिकोट र बैतडी हुन् । नेपालमा २७ वटा ताल ५०० मिटरभन्दा कम उचाइमा छन् ।

यि ५ हजार भन्दा बढी ताल रहेको नेपालमा केही यस्ता रहेका छन्, जसले विश्वमा नै चर्चित हुन सफल भएका छन् । हेर्नुहोस् तालसम्बन्धमा तयार पारिएको एक भिडियो रिपोर्टः