‘राजसंस्था पुनःस्थापना गर्ने एजेण्डा लिएर मतदातासँग भोट माग्छु’ -रवीन्द्र मिश्र

‘राजसंस्था पुनःस्थापना गर्ने एजेण्डा लिएर मतदातासँग भोट माग्छु’ -रवीन्द्र मिश्र


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् । 

शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औंपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याएका हुन् । राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । 

उनले भने, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाईन भनेदेखि खुशी साथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेण्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गरे । 
 
उनले भने, ‘पहिलो पनि २०७४ सालमा म उम्मेदवार हुँदाखेरी म सुकुम्बासी बस्तीमा गए । म विभिन्न ठाउँमा गए । कतिपय नागरिकले के भन्नु भयो भने हेर्नुस् हाम्रो घर अगाडिको बाटो जसले बनाई दिन्छ, हामी उसैलाई भोट दिन्छौं । सुकुम्बासी बस्तीमा गए । ३०÷४० वर्षदेखि हाम्रो लालपूर्जा छैन । जसले लालपूर्जा दिन्छ, उसैलाई भोट दिने हो । मैले भने–म सांसद भएर बाटो बनाउन पनि सक्दिन । म सांसद भएर लालपूर्जा दिन पनि सक्दिन । किनभने त्यो मेरो अधिकार क्षेत्रको विषय नै होइन । म किन फटाहा बोल्छु ?  मैले के चाँही भने भने म सांसद भएभने नीतिगत तहमा हस्तक्षेप गरेर यो विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा चाँही म तपाईहरुलाई बचनवद्धता प्रकट गर्न सक्छु भने । ढाँटेर भोट लिने जहिले पनि । फटाहार बोलेर चुनाव जित्ने । म गर्दिन । अहिले पनि गर्दिन, पहिले पनि गरिन । पहिला नगर्दाखेरी ८१९ भोटले हारेँ । अहिले फेरी जुन एजेण्डाहरु लिएर आएको छु । त्यो एजेण्डाको बलमा तपाईहरुले मलाई सशक्त ढंगले विजय गराउनु हुनेछ भन्ने विश्वास बोकेको छु ।’

Logo