‘माधव नेपालले फ्रि-भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरे, कारबाही होस्’ -ओली

‘माधव नेपालले फ्रि-भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरे, कारबाही होस्’ -ओली


नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाएका हुन् ।

साथै, बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने उनले माग गरे ।

त्यस्तै, अध्यक्ष ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणीसमेत गरेका छन् । उनले भने-‘कांग्रेसले केही काम गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा भ्रम छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुनेछैन । पटक-पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम गर्‍यो देखाउनुस् ।’ 

Logo