डिशहोममा १ वर्षको रिचार्ज गर्दा राजन दाहालले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा राजन दाहालले जिते एक लाख नगद


डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् । 

कम्पनीका अनुसार १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउने छन् ।

यसै क्रममा जितपुर सिमरा उप-महानगरका दाहालले एक लाख जितेका हुन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर राजेश थापा मगरकोबाट एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।

डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले दाहाललाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Logo