जब पशुपतिमा पुजारी र गार्डले तमासा देखाए (भिडियोमा)

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा हर्षोउल्लासका साथ तीज मनाए । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान समेत गरे ।

तीजमा दर्शन गर्न आउनेहरूको सहजताको लागि चार हजार बढी सुरक्षाकर्मी खटाइएको थियो । त्यस्तै स्वयमसेवक, स्वास्थ्यकर्मी लगायतले पनि आफ्नो सेवा प्रदान गरेका थिए । लाखौंको संख्यामा महिला भक्तजनहरूले दर्शन गरे ।

सबैलाई सुव्यस्थित गर्न संयौंको संख्यामा गार्डहरू समेत खटाइएको थियो । सुरक्षार्थ खटिएका एक गार्डले पण्डितको थालमा लात्ताले हानेपछि केहीबेर विवाद भएको थियो ।