पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन


समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ ।

कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उनको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी 
-विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन् ।

-नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन् । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ

-भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

-२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद

-काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान

-चितवन कांग्रेसका लागि  नारायणगढको मुटुमै भवन दान

-गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

-नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान

-प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान

 -पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान

-बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान

Logo