मध्यरातमा इजरायलको क्षेप्यास्त्र दमासकसमा

मध्यरातमा इजरायलको क्षेप्यास्त्र दमासकसमा


बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार  समिति संस्था सानाले जनाएको छ । सानाकाअनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए । 

राजधानीका रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ । इजरायलले सिरियामा दुई दिनमा यो दोस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पुर्याएको र यसमा परी एक सैनिक घाइते भएका जनाइएको छ । (रासस/सिन्ह्वा)

Logo