विज्ञहरु भन्छन्- सुरक्षित शहरीकरणका लागि नीतिगत हस्तक्षेप जरुरी

विज्ञहरु भन्छन्- सुरक्षित शहरीकरणका लागि नीतिगत हस्तक्षेप जरुरी


विज्ञहरुले सुरक्षित शरणीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् ।

विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउनसक्ने विपद् न्युनिकरणका लागि सम्भावित जोखिमको पूर्वानुमान सहितको योजना बिस्तारमा आजैदेखि लाग्नुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् । 

“टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन”सम्मेलनले सुरक्षित शहर र विकासका लागि भविष्यमा निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाको पूर्वानुमान गरी योजना बनाउन नीतिनिर्माताहरुलाई दबाब दिनुपर्ने निस्कर्ष निकालेको हो । 

सम्मेलनमा नेपालको तर्फबाट सहभागी विज्ञ डाक्टर सुरज लामिछानेले विपद् न्युनिकरण गरी दिगो र सुरक्षित शहर निर्माण गर्ने उपाय, अभ्यास, चुनौति र आवश्यकताका सम्बन्धमा छलफल गरी निस्कर्षहरुलाई नीतिगत तहमा लैजानुपर्ने निर्णय गरेको जानकारी दिए । नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका गरी ९० जना वैज्ञानिकहरु सहभागी सम्मेलन मुख्य गरी जोखिम मुक्त शहरण निर्माणका बहुपक्षिय उपायका बारेमा केन्द्रित रहेको पनि उनले जानकारी दिए । 

उनले भने, “हामीले हाम्रो एक्सिपिरियन्स आफ्नो आफ्नो शहरमा यस्तो किसिमको प्रभाव छ, कस्तो किसिमको प्रभावमा नीतिमा जानुपर्छ भन्ने किसिमका कुराहरु यो छलफलमा गरेका छौँ । संसारमा भएका अनुभवहरुलाई लिएर एउटा टुमरो सिटीको डिसिजन सपोर्ट सिस्टम बनाउने भनेका छौँ । टुमरो सिटीको अवधारणालाई सजिलो गरी रिफ्लेक्ट गर्नसक्छ भन्ने हो । यसका लागि हामीले विभिन्न शहरमा भएको अनुभव र जानकारीलाई डिसिजन सपोर्ट सिस्टमभित्र लगेर राख्यौँ । डिसिजन सपोर्ट सिस्टम कसरी बनाउने र कसरी त्यसलाई इम्प्लिमेण्टेशन गर्ने ? र यसका लागि आवश्यक क्षमता विकासका कामहरु छन् । त्यसको कामलाई हामीले अघि बढाएका छौँ । विभिन्न थिममा बढाएका छौँ । यो डकुमेण्टेशन हामी पोलिसी लेभलमा लैजान्छौँ  । विभिन्न देशमा त्यही अनुसारको पोलिसी लेभलमा इन्ट्रोभेन्सन गरेर कसरी अब हामी भविष्यको शहर, सुरक्षित शहर निर्माण गर्ने भन्ने उद्देश्य र निचोड छ । हामीले यो अध्ययन नेपाल सरकारसँग समन्वय गरेर मात्रै शुरु गरेका छौँ । यसको लागि शहरी विकास मन्त्रालय, मुख्य एजेन्सीमा पर्ने मन्त्रालय हो । यसको एउटा स्टेरिङ कमिटी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि समन्वय गर्नेगरी बनाएका छौँ । त्यो अनुसार शहरी विकास मन्त्रालयमार्फत स्थानीय तहसम्म जान्छौँ । ”

विज्ञ डा. लामिछानेले शहरणीकरणलाई व्यवस्थित बनाउने र भविष्यकका शहरलाई सुरक्षित पार्ने दुवै चुनौति नेपाललाई रहेको बताए । अन्य मुलुकका शहरहरु  व्यवस्थित भएकाले भविष्यका शहरलाई सुरक्षित बनाउने चुनौति मात्रै रहेको तर नेपालका शहरहरु व्यवस्थित नभएकाले दोहोरो चुनौति रहेको उनले स्पष्ट पारे ।  
 
भोलिको शहर परियोजना अध्ययनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्राध्यापक डाक्कटर मार्क पेलिङ्गले विपद्मैत्री मानवविकास र भोलिको सुरक्षित शहरका लागि आजै विपद् पूर्वानुमानसहितको योजना र नीति बनाउनुपर्नेमा सम्मेलनले जोड दिएको बताए । 

उनले भने- “विपद्मैत्री मानव विकासका बारेमा छलफल गरेका छौँ । फरक फरक देशले गरेका र भोगेका अनुभवबाट नै यस्ता विपद्मैत्री शहर व्यवस्थापनको समस्या समाधान गर्न सकिन्छ, त्यसैले नै हामीले अहिले यसबारेमा काठमाडौंमा विभिन्न देशका विज्ञहरु सहभागी भएर छलफल गरेका हौं । भूकम्प, बाढी लगायतका विपद्का बेलामा तत्काल के गर्न सकिन्छ , आम मानिसमा पूर्वसूचना प्रणालीको विकास कसरी गर्न सकिन्छ , विकासका चुनौतीहरु के छन् र ती चुनौतीहरुलाई कसरी समाधान गर्दै विपद्मैत्री विकास निर्माण गर्ने भन्नेकुराको अध्ययन भएको छ । तीनै अध्ययनमा हामीले छलफल केन्द्रीत गर्यौ । जलवायु परिवर्तको चुनौतीहरु पनि धेरै नै बढेका छन् । त्यसलाई पनि कसरी कम गर्दै लैजाने भन्ने बारेमा छलफल भएको छ ।”
 
५ दिनसम्म चलेको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका ९० वैज्ञानिकहरु सहभागी थिए । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्ने र अध्ययन निष्कर्षलाई आ–आफ्नो देशका सरकारसंग साझेदारी गर्ने बताइएको छ । 

Logo