गेष्ट हाउसको छतमा बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

गेष्ट हाउसको छतमा बाल्टीको पानीमा डुबेर बालकको मृत्यु


काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Logo