विवाह गरेको वर्षदिन भित्रै अभिभावक बनेका यी कलाकार

विवाह गरेको वर्षदिन भित्रै अभिभावक बनेका यी कलाकार


विवाहलगत्तै सन्तान जन्माउने चलन अहिले ट्रेण्ड नै बनिसकेको छ । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले सन्तान योजना बनाएलगत्तै विवाह गरेको वर्षदिन नपुग्दै अभिभावक बन्ने मौका पाएका छन् । यहाँ यस्तै कलाकारको बारेमा कुरा गरिएको छ, जो विवाहको एक वर्ष नपुग्दै आमाबाबु बनेका छन् ।

आलिया भट्ट र रणवीर कपुर

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरले सन् २०२२ को अप्रिल १४ मा विवाह गरे । जबकि ६ नोभेम्बर २०२२ मा उनीहरु छोरीको आमाबाबु नै बने । रणवीर र आलियाले विवाहको ७ महिनाभित्रै घरमा लक्ष्मीलाई स्वागत गर्न पाएका हुन् ।

शाहिद कपुर र मीरा राजपुत कपुर

‘कवीर सिंह’ स्टर शाहिद कपुर र मीरा राजपुत कपुरले पनि विवाहको वर्षदिन भित्रै छोरी मिशा कपुरलाई जन्म दिए । उनीहरूले विवाहलगत्तै सन्तान योजना सुरु गरेका थिए ।

दिया मिर्जा र वैभव रेखी

अभिनेत्री दिया मिर्जाले वैभव रेखीसँग सन् २०२१ फेब्रुअरी १५ मा विवाह गरिन् । विवाहको तीन् महिनामा नै उनले पहिलो सन्तान अव्यान आजाद रेखीलाई जन्म दिइन् । यो उनको एक प्रिमेच्युर डेलिभरी थियो । उनको सन्तानलाई कैयौं दिनसम्म डाक्टरको निगरानीमा राखियो । अभिनेत्रीले सी–सेक्सन सर्जरीका माध्यमबाट पहिलो सन्तानलाई जन्म दिएकी थिइन् ।

नेहा धूपिया र अंगद बेदी

अभिनेत्री नेहा धुपिया र उनका पति अंगद बेदीले पनि विवाहको वर्षदिनमै छोरी मेहरलाई जन्म दिए । उनीहरुले सन् २०१८ मे १० मा विवाह गरे, जबकी मेहर सोही वर्षको नोभेम्बरमा जन्मिइन् । नेहा विवाह अघि नै गर्भवती थिइन् ।

नताशा स्तानकोविक र हार्दिक पाण्डे

अभिनेत्री नताशा स्तानकोविक र क्रिकेटर हार्दिक पाण्डेले जनवरी २०२० मा इन्गेजमेन्ट गरे । यसपछि उनीहरुले तुरुन्तै गोप्य विवाह गरे । विवाहको चार महिनामा नै उनीहरुले छोरा अगस्तयलाई जन्म दिए ।

श्रीदेवी र बोनी कपुर

अभिनेत्री श्रीदेवीले निर्माता बोनी कपूरसँग २ जुन १९९६ मा विवाह गरिन् । जबकी उनको पहिलो छोरी जाह्नवी कपुरको जन्म विवाहको एक वर्ष पुग्नुअघि नै भएको थियो । श्रीदेवीले जाह्नवीलाई ६ मार्च १९९७ मा जन्म दिएकी थिइन् ।

कोंकणा सेन र रणवीर शौरी

अभिनेत्री कोंकणा सेन र उनका पति रणवीर शौरीले पनि विवाह अघि नै सन्तान योजना बनाएका थिए । यसपछि उनीहरुले तुरुन्तै विवाह गरे र एक सन्तानको अभिभावक बने । यद्यपि यो जोडी हाल अलग्गिसकेका छन् ।

रानी मुखर्जी र आदित्य चोपडा

अभिनेत्री रानी मुखर्जी र निर्माता आदित्य चोपडाले सन् २०१४ मा विवाह गरे । दुवैले नोभेम्बर २०१५ मा छोरी आदिरालाई जन्म दिए । उनीहरूको छोरी पनि एक वर्ष नपुग्दै जन्मिएकी थिइन् ।

 

Logo