राजेन्द्र पाण्डेः अविचलित राजनीतिक योद्दा !

राजेन्द्र पाण्डेः अविचलित राजनीतिक योद्दा !


राजेन्द्रप्रसाद पाण्डे धादिङको राजनीतिमा साढे तीन दशकदेखि सक्रिय नाम हो । २०३० को दशकदेखि राजनीतिमा क्रियाशील पाण्डे हाल बागमती प्रदेशका मुख्यमन्त्री पनि हुन् ।

नेता पाण्डे विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । पञ्चायतविरुद्धको आन्दोलनमा एक्लै मैदानमा उत्रिएका जेल परेपछि सक्रिय राजनीतिमा लागेका हुन् । पाण्डे लगातार निर्वाचित हुने नेतामा पर्छन । धादिङबाट २०४८, ५१, ५६ र २०७० को प्रतिनिधि सभा सदस्यमा उनी निर्वाचित भैसकेका छन् । 

चार पटक प्रतिनिधि सभा सदस्य र २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य बनी बागमती प्रदेशकोमुख्य मन्त्री बनेका हुन् । आफू पदमा रहँदा वा नरहँदा जिल्लाको भौतिक पूर्वाधार, सडक, खानेपानी, कृषि, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा जिल्लालाई निरन्तर सहयोग गरिरहेका छन् नेता पाण्डेले । २०४४ सालमा जिल्लामा १५ वटामात्रै विद्यालय भएको अवस्थामा एकैपटक १३८ वटा विद्यालय सुरु गर्ने काममा नेता पाण्डेको महत्वपूर्ण भूमिका रहेको छ । आफू मन्त्री हुँदा जिल्लालाई गरेको सहयोगले उनलाई मतदाता सामू थप प्रिय बनाएको हो । 

नेकपा एकीकृत समाजवादीकाकेन्द्रीय उपाध्यक्ष रहेका नेता पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनमा पनि धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । कुनैपनि विषयमा प्रष्ट धारणा दिनसक्ने जुझारु नेताको परिचय बनाइसकेका पाण्डे धादिङका जनताको प्रिय नेताको रुपमा स्थापित भएका छन् । चुनाव प्रचारका क्रममा निर्वाचन क्षेत्रका जनताबाट पाएको न्यानो मायाले उनको लोकप्रियता पुष्टि गरेको छ । 

धादिङलाई समृद्ध जिल्ला बनाउन सबै सम्भावनाको अध्ययन सहित मतदाता सामू पुगेका पाण्डेको योजनाबाट मतदाताहरु पनि प्रफूल्ल देखिएका छन् । अनुभवी, विश्वासिलो र जिल्लालाई माया गर्ने जनप्रतिनिधिको खोजिमा रहेका धादिङ- १ का मतदाताको रोजाइमा पाण्डे यसपटक पनि परिसकेको चर्चा हुन थालेको छ । पटक पटक निर्वाचन जितिसकेका पाण्डेलाई यस पटक सत्तागठबन्धनको समेत साथ र सहयोग रहेकाले सफलता हासिल गर्न थप सहज हुने आँकलन गरिएको छ ।

 

Logo