दुई अक्षरको मायाले जोगी बन्दै सोनिया (भिडियो सहित)

काठमाडौं,
अहिलेका व्यस्त, चर्चित सुन्दरी गायिका सोनिया डिसी दुई अक्षरको मायाले जोगी बनायो भन्दै सबै सामु गुहार माग्दैछिन् । तर वास्तवमा नभई ‘के रै छ र माया’ भन्दै सोनिया दर्शक माझ आएकी हुन् ।

दुई अक्षरको शब्द मायाले रोगी बनायो, के रैछ र माया, किन लाउँछन् माया यहि मायाले रोई हिंड्ने जोगी बनायो … । डिसीको ‘के रै छ र मायाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै चर्चा चुलिएको छ । गीतमा माया प्रेममा हुने उतार चढावलाई उनले गीत मार्फत उजागर गरेकी छिन् । सोनियाले माया प्रेममा पाएको पीडालाई गीत मार्फत व्यक्त गरेकी हुन् । उनको वेदनालाई शंकर ढकालको सुमधुर स्वरले साथ दिएका छन् भने गीतमा शब्द गायिका डिसीकै रहेको छ । जसलाई कृष्ण लामिछानेको संगीतले अझै उत्कृष्ट बनाएको छ ।

सुमधुर गीतको म्युजिक भिडियोमा गीता श्रेष्ठ र गोविन्द बुढाथोकीको जीवन्त अभिनय रहेको छ भने दुर्गा श्रेष्ठको निर्देशन तथा छायांकन र सम्पादन स्वयं युवराज खत्रीको रहेको छ । गीतको एरेन्ज भने महेशविक्रम पाण्डेले गरेका छन् । हेरौं गित यस्तो छ :