काठमाडौं उपत्यकामा हालसम्म १,४५१ संक्रमित

काठमाडौं उपत्यकामा हालसम्म १,४५१ संक्रमित


काठमाडौं ।

काठमाडौं उपत्यकामा मात्र हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ४५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा १ हजार १६७, ललितपुरमा १८० र भक्तपुरमा १०४ संक्रमित पुष्टि भएका छन् ।

बुधबार एकैदिन काठमाडौं उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका थिए । यो अहिले सम्मकै उच्च संख्या हो ।

Logo