ताप्लेजुङको धुन्सासहित तीन नयाँ पर्यटकीय गन्तव्य घोषणा

काठमाडौं । सरकारले तीन नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्य घोषणा गरिएको हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।

धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवद्र्धन गरिनेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे ।

आज विश्वभर पर्यटन दिवस मनाइदैछ । ‘टुरिज्म एण्ड जब–ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइन लागेको हो । नेपालमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघ–संस्थाको सहभागितामा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।

ताप्लेजुङको धुन्सासहित तीन नयाँ पर्यटकीय गन्तव्य घोषणा