स्मरणको मानसपटलमा काभ्रेपलान्चोक

संयोग नै मान्नु पर्छ म नेपाल सरकारको निर्णय अनुसार काभ्रे जिल्लाको प्रशासनिक जिम्मेवारी पाएर मिति २०७६/३/१ गते जिल्ला प्रशासन कार्यालय काभ्रे हाजिर हुन पुगे । यो अवधि निर्णय भएको मितिले झण्डै १० दिनपछि थियो ।

विभिन्न संसय र कौतुहलताको साथ यो जिल्लाको प्रशासनिक बागडोर संहाल्न पुगेको ममा अलिकति डर अलिकति उत्साह र अलिकति कौतुहलताको भुमरीमा केही समय रहे । हुन त यो जिल्ला मेरो लागि प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर कार्य गरेको चौथो जिल्ला थियो ।

पहाडी जिल्ला तर मनोरम प्राकृतिक सम्पदा अनि ठूला र अग्ला हिमालकै समिपमा अवस्थित रहेको कारण जो कोहीलाई लोभ्याउने ती प्राकृतिक छटाहरु मेरो आगमनलाई स्वागत गर्न तल्लिन भएको भान हुन्थ्यो । यो मात्र कहाँ हो र जिल्लामा रहेको शिक्षित जनता अनि केन्द्रिय राजनीतिमा प्रत्यक्ष र परोक्ष रुपमा समेत प्रभाव पार्न सक्ने क्षमता भएको राजनीतिक नेतृत्व समेत मेरा लागि कौतुहलताको विषय बनेको थियो ।

त्यति मात्र कहाँ हो र शसक्त प्रतिपक्ष भएको जिल्ला भएकै कारण राजनीतिक सन्तुलन कायम गर्नु मेरा लागि फलामे चिउरा झै थियो नै । यो अवस्थाले मेरा लागि अलिकति डर पैदा गरेको पक्कै हो । तर पनि मेरो निजामती सेवाको २० बर्षे अनुभव त्यसमा पनि अधिकांश समय मोफसलको अनुभवले आफुलाई काथर बन्न दिएन ।

मेरा लागि विगतमा यस जिल्लाका प्रशासनिक बागडोर सम्हालेका अनुभवी को भनाईले काभ्रेलाई हाउगुजी बनाएको थियो नै । सुरुवातीका दिनहरुमा मलाई ती हाउगुजीले बारम्वार तर्साइ रहन्थ्यो । तर, जव सुरुवातीका ती दिनहरु जिल्लाका राजनीतिक तथा प्रशासनिक व्यक्ति अनि नागरिक समाज तथा सन्चारकर्मि मित्रहरुसंगको भेट पश्चात मेरो संसयलाई चिर्न सफल भए ।

विस्तारै जिल्लालाई आफ्नै अनुभुतिले आलकार गर्दै गए । करिव १५ दिनमा नै विगतका बुझाई र मेरा लागि बनाईका हाउगुजीका फिरिङगोलाई विर्सन सफल भए । यो जिल्लाको कार्य अनुभव छोटो हो तथापि केही सम्झना गर्न लायक घट्ना जसले मेरो कार्यअनुभवको खातामा थप बढोत्तरी गर्यो नै ।

आषाढ महिना मेरो लागि कार्यअनुभवको हिसावले अलि सुखद हुन सकेन । जिल्लाका तिमाल, रोसी गाउपालिकामा फल्ने नेपालको अन्य जिल्लामा खेती नगरिएको बोधिचित्तको व्यवस्थापनको कार्य मेरा लागि अनुभवजन्य रह्यो । एउटै रुखमा द्धिपक्षिय त्रिपक्षिय खरिद सम्झौताको कारण यो फलको व्यवस्थापन गर्ने कार्य साच्चै जटिल मात्र नभई फलामको चिउरा समान हुन पुगेको थियो ।

यसमा अलिकति राजनितिककर्मी समेतको इच्छाशक्तिसँगै मिसिएर आउदा कानुनी रसि समेत कतिपय अवस्थामा खुकुलो हुने अवस्था आयो । सन्तुलनका खातिर कानुनी रसिलाई खुकुलो बनाउनु पर्नेमा आफुलाई हिमाल सरी कानुनको कसिमा अटल र अडिक रही त्यो धार्मिक आस्थाको रुपमा रहेको विरुवा अनि त्यसको फलको सहि व्यवस्थापन गर्ने कार्यमा सरिक भइयो ।

तर आक्षेप र आरोप तथा सन्देहको कारण गर्दा मेरो मानसिक सन्तुलनमा असहजता समेत उत्पन्न हुने क्षण नबनेको होइन । तर अषाढ महिनाको अन्त्यसंगै बोधिचित्तको कानुनी तरवरले व्यवस्थापन गर्ने कार्यलाई टुङगोमा पुरयाइयो । आफ्नो पक्षमा निर्णय गराउन असफल पक्षले पछिल्लो समयमा त्यसको कारण वोध गरिसकेपछि उक्त कार्यमा प्रेसर डाल्नुमा अपर्याप्त जानकारीले हो भन्ने कुराको आत्मासाथ पनि गरेबाट म आफनो निर्णयमा सहि थिए भन्ने कुराको पुष्टि भयो ।

यो मेरा लागि जीवनकै एक शिकाई र भोगाइ रहयो । यो अनुभवले अन्य जिल्लाको कार्य सम्पादनमा समेत सहयोग पुग्छ भन्दै त्यो क्षणलाई एउटा मिठो अनुभतीको रुपमा ग्रहण गरे ।

आषाढ २८, २९ गते जिल्लाको विभिन्न स्थानमा परेको अविरल बर्षाको कारण ३ जना काभ्रेली जनताले ज्यान गुमाउन पुगेको त्यो क्षण हृदय विदारक नै रहयो । भिषण अनि निरन्तर भएको बर्षातले मानिसहरुकोे घर क्षणभरमा नै रसातलमा पुगेको र त्यहि घर नै काल बनेर ती ३ जनालाई सदाको लागि विदा गराइदिएको घट्नाले मलाई मर्माहित तुल्याएको थियो ।

यस्तो अवस्थामा ती परिवारमा लागेको घाउमा मलम लगाउनकै लागि म लगायत, प्रहरी उपरिक्षक जयराज सापकोटा, पत्रकार महासंगका अध्यक्ष मोतिराम तिमिल्सेना, देवराज के.सी लगायतका पत्रकारहरु समेतको रोहवरमा घट्नास्थलमा पुग्यौ। त्यो स्थल साच्चै सरकारको उपस्थितिको प्रतिक्षारत भएको पायौं ।

नेपाल सरकारले तोके बमोजिमको राहतका सामाग्री बाँडेर उक्त घट्नालाई समेत जितेर बाच्न सफल तर घाइते अवस्थामा छटपटाइ रहेका घाइतेतर्फ हाम्रो यात्रा सोझियो । सिर मेमोरियल अस्पताल बनेपामा उनीहरुलाई भटेपछि त्यसको भोलीपल्ट रोशी गापामा भएको मृतकको घरमा समेत राहत बाड्न पुग्यौ ।

एकातिर मानवीय क्षती भएको अवस्था अर्कातिर करिव ५ सयको हाराहारी भएको घरवारविहिनताको अवस्थाले हामीलाई मर्माहित बनाएको थियो । रोशी गापामा अलि बढी बाढीले क्षति गरेको र उद्धारको कार्यमा यो गापाको प्रमुखहरु डिवि लामा जो आफ्ना जनताको लागि २४ सै घण्टा खटेको अवस्था देख्दा असल जनप्रतिनिधिको उदाहरण सजिलै अनुमान गर्न सकिन्थ्यो ।

विपि राजमार्ग खुलाउन हामीमा परेको दवावमा साथ दिन समेत अध्यक्ष तल्लिन थिए । यो राजमार्ग खुलाउन २ दिनको अनवरतको खटाइपछि यात्रुलाई गन्तव्यसम्म पुर्याउन सफल भएता पनि यो कार्य शिघ्र गर्न नसक्दा यात्रुको आक्रोस भने स्पस्ट देखिन्थ्यो ।

हुन त क्षति अन्य स्थानीय तहमा समेत भएको थियो । उद्धारमा मुलतः बेथानचोकका अध्यक्ष, भुम्लु, मण्डनदेउपुर तथा बनेपा नगरपलिका प्रमुख तथा उपप्रमुख समेत खटिएका थिए जस्ले दुखत घडिलाई केही हदसम्म मलम लगाउने कार्य गरेकोे थियो । यी र यस्ता दुखद घट्नाकै कारण यो बर्षको आषाढ महिना र काभ्रे बसाई मेरा लागि स्मरणिय रहयो ।

काभ्रे बसाई मुश्किलले साढे दुइ महिना मात्र भएकोले कार्य अनुभवको संगालोको सूची धेरै लामो छैन । अर्को घट्ना, नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा गर्ने इ्टा भट्टाको व्यवस्थापनको छ । स्थानीय सरकारले लिएको निर्णय कार्यन्वयनमा सहयोग गर्नु प्रशासनको दायित्वभित्र पर्ने सन्दर्भमा उक्त कार्यमा सुरक्षा प्रदान गर्नु हाम्रो दायित्वभित्र नै पथ्र्यो नै ।

तर, स्वार्थ समूहको दवाब प्रभाव अलिकति थर्काइको बाबजुत पनि उक्त कार्यलाई टुङगोमा पुर्याउने काम सफल हुदा आत्मसन्तुष्टिको अनुभुति हुन्छ नै । हो त्यहि भयो उक्त समय । त्यसको अतिरिक्त कार्यलाई सम्पन्न गर्न सहयोग गरेको भनि प्राप्त स-धन्यवादले साच्चै धन्य हुने कार्य गरेको अनुभुती भयो नै । धन्यवाद प्रदान गर्न हुने उक्त नगरपालिका मेयर टिपि शर्मा जसले यो साहस गर्नुभयो उहाँप्रति साधुवाद भन्न चाहन्छु ।

त्यसैगरी अर्को सम्झन लायक योगदान मण्डन देउपुर नगरपालिकामा पर्ने नगरकोट एरियाको बन अतिक्रमण गरी बनाइएको करिव ७० वटा अस्थायी घर हटाउने कार्य सम्पन्न भएको त्यो क्षण मानसपटलमा ताजा नै छ । आशा गरे अनुसारको बल प्रयोग गर्न नपरेको उक्त कार्य सहज रुपमा सम्पन्न भएको थियो ।

तर पक्कि घर हटाउने कार्य बाँकी रहँदा ती घरहरु आफू शक्तिशाली भएको घमण्डमा गदगद भएको भान हुन्थ्यो । त्यसको व्यवस्थापन गर्ने कार्य ढिला भएको र संगै सम्पन्न गर्न नसक्दा पुलिकित मनहरु खुम्चिएर काभ्रेबाट विदाइ हुनुपर्दा आफू पूर्णताबाट टाढा रहेको महशुस छ नै ।

हुनतः काभ्रे मात्र मेरो जागिरको दौरानमा यस्तो जिल्ला बन्न पुग्यो समयको हिसावले छोटो अवधिको बसाई, मिठा यादहरु, आत्मीय साथीहरु, धेरै सिकाई र अनुभव लिन सफल जिल्लाको रुपमा रहन गयो । संयोग नै मान्नुपर्छ औपचारिक विदाइ लिएर जिल्ला छोड्न मौका नमिलेता पनि यो जिल्लाको मेरा बसाई सुखद, अनुभुतिजन्य नै रहयो ।

जिल्लामा सम्पर्कमा रहेका चाहे त्यो व्याडमिन्डन क्लवका साथीहरु हुन चाहे अन्य ती आत्मीय मित्रहरुको न्यानो मायाले मलाई फेरि पनि सम्झाइरहेको छ । मेरो छोटो अवधिलाई यादगार बनाउन सहयोग गर्नु हुने माननीय मन्त्री, माननीय संसद ज्यूहरु, प्रदेश सांसद ज्यूहरु तथा स्थानीय निकायका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेतागणहरु, नागरिक समाज तथा कर्मचारी साथीहरु अनि सन्चारकर्मि साथीहरु सवैप्रति अनुग्रहित छु ।

(लेखकः झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।)

स्मरणको मानसपटलमा काभ्रेपलान्चोक