लगानी बोर्डका सिइओ भट्टलाई तत्काल काम नगर्न उच्च अदालतको आदेश

लगानी बोर्डका सिइओ भट्टलाई तत्काल काम नगर्न उच्च अदालतको आदेश


काठमाडौं ।

उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्कालल काम नगर्न आदेश दिएको छ ।

मंगलबार मुख्य न्यायाधीश नकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्ति विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालतले जनाएको छ ।

Logo