१९औं हस्तकला मेला काठमाडौंमा सुरु

१९औं हस्तकला मेला काठमाडौंमा सुरु


हस्तकलाको सामग्रीहरुको प्रदर्शनी गर्ने उद्देश्यले १९औं हस्तकला मेला काठमाडौंमा आज (शुक्रबार) देखि सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित एक होटलमा भएको हस्तकला मेला एवं प्रतियोगिताको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

साे कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हस्तकलामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने बताएकी छन् । हस्तकलाले रोजगारीसँगै व्यापार घाटालाई सन्तुलनमा ल्याउन गरेको योगदानका हिसाबले हस्तकलालाई तुलानात्मक लाभको क्षमता मान्न सकिने उनले बताएकी छन् । 

पाँच दिनसम्म चल्ने मेलामा १ सय ५० वटा स्टल रहेका छन्, जहाँ एक लाख आगन्तुकले अवलाेकन गर्ने अपेक्षा गरिएको छ ।

Logo