तीन वैज्ञानिकलाई भौतिकशास्त्र विधाको नोबेल पुरस्कार

काठमाडौं । सन् २०१९ को भौतिकशास्त्र विधाको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ। जेम्स पीबल्स, मिकेल मेयर र डाइडर क्वेलोजलाई ब्रह्माण्डको उत्पत्ति तथा यसको संरचनाको बुझाइमा योगदान गरेबापत भौतिकशास्त्र विधाको नोबेल पुरस्कार प्रदान गरिएको हो।

मंगलबार पुस्कारको घोषणा गर्दै रोयल स्वीडीस एकेडेमी अफ साइन्सले पीबल्सलाई आधा र वैज्ञानिकद्वय मेयर र क्वेलोजलाई आधा प्रदान गरिएको बताएको छ। रोयल स्वीडीस एकेडेमी अफ साइन्स विज्ञानतर्फको नोबेल पुरस्कार वितरक हो।