तीन वटा रियालिटी शो ल्याउँदै स्पेस फोर के टेलिभिजन

तीन वटा रियालिटी शो ल्याउँदै स्पेस फोर के टेलिभिजन


स्पेस फोर के टेलिभिजनले तीन वटा रियालिटी शो ल्याउने घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो ।

काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा आइतबार एकैसाथ तीन वटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गरिएको हो । साथै, सबै शोका निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरिएको छ । सो अवसरमा तीन वटै रियालिटी शोका निर्णायक तथा निर्देशकहरूले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए ।

याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिस खतिवडा, सन्दिप विष्ट अर्थात् मिस्टर डी र अभिजित भण्डारी एजे रहेका छन् । यसैगरी, जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, बलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन् भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीपरत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्विन न्यौपाने रहेका छन् ।

Logo