विवाह गर्न नमान्दा युवतीलाई जिउँदै जलाइयो

एजेन्सी । विवाह गर्न नमानेको भन्दै एक युवतीलाई जिउँदै जलाइएको छ । भारतको केरलाकी १७ वर्षीया देविकालाई उनकै नातेदार रहेका २६ वर्षीय मिथुनले जिउँदै शरीरमा आगो लगाएर हत्या गरेका हुन् । ।

युवतीलाई जिउँदै जलाएर हत्या गरेका मिधुनले आफ्नै शरीरमा पनि आगो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । शरीरमा आगो लागेपछि घाइते भएका दुवैजनालाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

देविकालाई बचाउन पुगेका उनका बुवा समेत यो घटनामा जलेर घाइते भएका छन् । प्रहरीका अनुसार मिधुन देविकासँग विवाह गर्न चाहन्थे तर परिवारले स्वीकार गरेको थिएन् । परिवारले इन्कार गरेपछि पनि मिधुनले माननेन् विवाद प्रहरीसम्म पुग्यो ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि मिधुनले देविकालाई विवाहको कुरामा नसताउने सहमति गरे । त्यसको केही दिनपछि अचानक मिधुन देविकालाई भेट्न उनको घर पुगे तर देविकाका बुवाले रोके ।

जब देविका घर बाहिर आइन् मिधुनले देविकाको शरीरमा पेट्रोल छर्केर आगो लगाए त्यसपछि उनले आफ्नै शरीरमा पनि पेट्रोल छर्केर आगो लगाए ।