विमानस्थलबाट १९ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ

विमानस्थलबाट १९ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थलमा भन्सारको टोलीले दुवईको फ्लाइटबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई १९ किलोको सुनको पेटीसहित पक्राउ गरेको हो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार २७ वर्षीय अहमदले प्लास्टिकमा बेरिएको अर्धतरल सुन कम्मरमा बाँधेर ल्याएका थिए। शंकाका आधारमा चेकजाँच गर्दा सुनसहित पक्राउ गरिएको हो । 

हाल उनलाई भन्सार कार्यालयको नियन्त्रणमा राखेर सुन तस्करीको विषयमा अनुसन्धान भइरहेको बताइएको छ । 

Logo