प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण


नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर मुलुककाे ४४औं प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि उनले पदभार ग्रहण गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारमा कर्मचारीहरुले स्वागत गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै उनले लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि कीर्तिपुर पुगेर नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका छन् । 

Logo